विद्युत् खेर जान नदिन एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो : घिसिङ

५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताएका छन् । उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको […]

सम्बन्धित सामग्री

पुसभित्र बाह्रबिसे सबस्टेसन नबने मध्यभोटेकोशीको विद्युत् खेर जाने

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आउने देखिएपछि नेपाल विद्युत् प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको...

दशैंमा दैनिक करीब ५ सय मेगावाट विद्युत् खेर, भारतले दिएन थप निर्यात अनुमति

काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करीब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो शुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्को माग घटेको छ । तर, बर्खा सकिएको र नदी तथा खोलानालाहरूमा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाहरूबाट विनाअवरोध विद्युत् उत्पादन हुने गरेको छ । प्राधिकरण, यसका सहायक कम्पनीहरू र निजी क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाहरूबाट हाल दैनिकरूपमा करीब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसमध्ये करीब १ हजार मेगावाट देशभित्र खपत भइरहेको भने करीब साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिकरूपमा ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने बाध्यात्मक अवस्था उत्पन्न भएको बताए ।  ‘दशैंका कारण आन्तरिकरूपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करीब ३ सय मेगावाट विद्युत्का निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं । तर, अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिकरूपमा करीब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ । यसबाट दैनिकरूपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने ।  ‘प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त छौं, स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था छ ।’ प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई विक्री गरिरहेको छ । एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ ।  भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा विक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ । प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा विक्री शुरु गरेको थियो । प्राधिकरणले चालू आर्थिक वर्ष २०८०÷८१ को  साउन, भदौ र असोज गरी तीन महीनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । असोजमा मात्र ४ अर्ब २ करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ । तीन महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा छ । जेठ र असारमा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ९ रुपैयाँ ६७ पैसा थियो ।

खपत नबढ्दा दैनिक २०० मेगावाट विद्युत् खेर

उत्पादनअनुसार खपत बढाउन नसक्दा यो वर्ष पनि विद्युत् खेर जाने समस्याले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खेर जाने समस्या नआउने बताउँदै आए पनि पछिल्लो समय दैनिक दुई सय...

दोर्दी कोरिडोरमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल

लमजुङ- नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ ।  प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको कामलाई तीव्र बनाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले केही दिन अगाडि लमजुङको दोर्दी कोरिडोर […]

विद्युतीय सवारी प्रयोग गर्न हामी किन हिच्किचाइरहेछौं ?

अन्ततः नेपालमा विद्युत् खेर जाने दिन पनि आयो । हाल नेपालमा दिउँसोको समयमा करीब १०० देखि २०० मेगावाट र रातको समयमा ३०० देखि ५०० मेगावाटसम्म विद्युत् खेर गइरहेको छ । खेर गइरहेको विद्युत्लाई कसरी खपत गर्ने भन्ने विषयमा ऊर्जा क्षेत्रको नेतृत्व योजना कार्यक्रम बनाउन व्यस्त छन् । सरकारले विद्युतीय चूलो लगायत घरायसी विद्युत् खपत बढोस् […]

दैनिक ४०० मेगावाट विद्युत् खेर

विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मा

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : निर्देशक घिसिङ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन् । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुग्नु भएका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै कारण विद्युत् खपत बढाउन नसकेको बताए । “उद्योगीले बत्ती नपाउने, अर्कोतिर खेर जाने भएको छ, यसैले खपत बढाउन प्रसारण लाइन चाँडै बनाउन […]

प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको बताएका छन्। हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको निरीक्षणका क्रममा नवलपुर आइपुगेका निर्देशक घिसिङले प्रसारण लाइन नभएकै...

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर

दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]

प्रसारणलाइन बन्यो तर सबस्टेसन नबन्दा विद्युत् खेर

दोलखा-दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]