चोरीको आरोपमा किशोरमाथि प्रहरीद्वारा निर्घात कुटपिट, अस्पताल भर्ना

जनकपुरधाम : धनुषामा एक बालकलाई चोरीको आरोपमा प्रहरीले कस्टडीमा राखेर निर्घात कुटपिट गरेको छ। कुटपिटबाट घाइते बालकको उपचार अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।यसरी कुटपिटबाट घाइते भएको बालक धनुषाको शहिदनगर नगरपालिका-४ ननुपट्टी बस्ने १५ वर्षीय रविशंकर कुमार पण्डित रहेका छन्। प्रहरीको कुटाइबाट घाइते बालक अर्धचेतन अवस्थामा पुगेपछि शनिबार साँझ ७ बजे मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराइएको किशोरका काका बिन्देश्वर पण्डितले जानकारी दिए।कि

सम्बन्धित सामग्री

शिक्षकको कुटाइबाट विद्यार्थी अस्पताल भर्ना

'विद्यालयका प्रधानाध्यापक यादवले हामीलाई बोलाएर छात्राको उपचारमा लाग्ने खर्च विद्यालयले दिन्छ, तर हामीले मानेनौँ।' छात्राको बुवा साजेन्द्र महराले भने, 'बालबालिकालाई गृहकार्य बहानामा निर्घात कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही होस् भन्ने चाहान्छौँ।'...

दाइजो नल्याएको भन्दै निर्घात कुटपिट

सप्तरीमा पति र सासु–ससुराले बुहारीलाई दाइजो नल्याएको भन्दै निर्घात कुटपिट गरेका छन्। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रुपनी गाउँपालिका–६ की २७ वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारको लागि अस्पताल भर्ना...

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। आइतबार राति साढे ७ बजेतिरको घटना हो, तलाईं मारिदिन्छु भन्दै ससुरा शिवदयाल