माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  ...

सम्बन्धित सामग्री

माओवादीले बोलायो स्थायी कमिटी बैठक, प्रतिपक्षको भूमिका सशक्त निर्वाह गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले साउन २५ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने निर्णय गरेकोसमेत उनले जानकारी दिए । स्थायी कमिटीलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर सदन र सडकमा प्रतिपक्षको […]

माओवादी संसदीय दल बैठक : संसद खुलाउन दलहरूसँग छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सत्ता र प्रतिपक्षी सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलका नेतासमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । संसदीय […]

माओवादीको बटमलाइन- प्रधानमन्त्री पाए सत्ता, नपाए गठबन्धन छाडेर प्रतिपक्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री नपाए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ। आइतबार बिहान खुमलटारमा बसेको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको हो। माओवादीका एक पदाधिकारीले भने, ‘हामी छलफल गर्दै छौँ। राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्ने भएपछि हामी गठबन्धनमा बस्नुको अर्थ हुँदैन। गठबन्धन छाडेर प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ।’ […]

एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीबाट निर्वाचित जनप्रतिनिधि ?

संसदबाट एमसीसी पास गरिएको विषयलाई लिएर यतिबेला नेकपा माओवादी केन्द्रभित्र कलह बढेको छ । पार्टीभित्र असन्तुष्टि बढिरहेका कारण कतै पार्टी नै विभाजन हुने त होइन भन्ने आशंका पनि व्याप्त छ ।केन्द्रमा पार्टीभित्र एक खालको बहस भइरहेको बेला प्रदेश र स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिले के भन्छन् त ? भन्ने चासोको विषय पनि हो । एमसीसी पारित गर्न नेकपा माओवादी केन्द्रले निर्वाह गरेको भूमिका र सोही भूमिकाका कारण पार्टीभित्र देखिएको असन्तुष्टिलाई पार्टीका जनप्रतिनिधिले कसरी लिएका छन् भन्ने विषय अर्

माओवादी केन्द्रको वडा सम्मेलन आज

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले आज देशभर नै वडा सम्मेलन गर्दैछ। देशभरका ६ हजार ७४३ वटा वडामा शनिबार एकैपटक सम्मेलन गर्न लागिएको र यसको सबै तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।महराका अनुसार हालसम्म करिब आठ लाखले पार्टी सदस्यताको विवरण उपलब्ध गराएका छन्। माओवादी केन्द्रले वडा समितिको चयन गर्दा सकेसम्म सर्वसम्मत गर्न भनेको छ। निर्वाचन हुने अवस्था आए मर्यादित तरिकाले पार्टीको आन्तरिक लोकतन्त्रका रुपमा बुझेर सोहीअनुसारको भूमिका निर्वाह गर्न सबै पार्टी पंक्तिलाई आग्रह गरिएको म

माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने विपक्षीको रणनीति

बागमती प्रदेश प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रदेशसभाको आगामी बैठकमा प्रतिपक्षको सशक्त र रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ ।रातोपाटीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेशसभाको आगामी १६ गते बस्ने ८ औं अधिवेशन बैठकमा प्रतिपक्षको भूमिका सशक्त हने बताए ।...