धितोपत्र बोर्डले 'जोखिमयुक्त कम्पनी' काे सूची सार्वजनिक गरेयता नेप्से झन्डै दुई सय अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार काराेबार मापक नेप्से परिसूचक साेमवार (आज) पनि घटेको छ । आज परिसूचक ७१ दशमलव ०६ अङ्कले घटेर दुई हजार आठ सय ३४ दशमलव ४० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज कारोबार हुने सबै समूहको परिसूचक घटेकाे छ । आज फाइनान्स समूह ५ दशमलव १८ प्रतिशत अर्थात् एक सय १२० दशमलव २२ अङ्क, निर्जीवन बीमा समूह २ दशमलव ८९ प्रतिशत अर्थात् चार सय २९ दशमलव ६३ अङ्क र जीवन बीमा समूहको परिसूचक २ दशमलव ५१ प्रतिशत अर्थात् चार सय ५१ दशमलव ११ अङ्कले घटेकाे छ । धितोपत्र बोर्डले गएको ...