काठमाडौं : युगान्डाविरुद्धको पहिलो टी–२० अन्तरराष्ट्रिय महिला क्रिकेटमा नेपाल पराजित भएको छ। युगाण्डाले दिएको १०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटिएपछि युगाण्डाले १२ रनको जित हात पारेको हो।नेपाली महिला टोलीले अन्तरराष्ट्रिय क्रिकेटमा सहभागिता जनाउन थालेको डेढ दशकपछि पहिलो पटक त्रिविको घरेलु मैदानमा खेलको हो। नेपालले सन् २००७ मा मलेसियामा भएको एसिसी महिला च्याम्पियनसिप खेल्दै अन्तरराष्ट्रिय क्रिकेट प्रतिस्पर्धमा भाग लिन थालेको थियो