सल्यान : जिल्लाका अधिकांश स्थानमा खानेपानीको समस्या बढ्दै गएको छ। पानीका मुहान सुक्दै जानु र अनधिकृत रूपमा सडक खन्दा खानेपानीको समस्या बढ्दै जान थालेको छ।पानीका मुहान खोलामा हुनु र बस्ती डाँडोमा हुँदा पनि जिल्लामा खानेपानीको थप समस्या बढेको स्थानीयको भनाइ छ। घरदेखि करिब एक घण्टाको दूरीमा रहेको जरुवामा गई पानी ल्याउनुपर्ने बाध्यता रहेको कालिमाटी गाउँपालिका–७ बाटुलेकी पिमसरा घर्तीले बताइन्।उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी पनि सुक्दै जाँदा खानेपानीको समस्या भोग्दै आइरहेको उनको भनाइ