पूर्वाधार न जनशक्ति, करोडौंका स्वास्थ्य उपकरण

बर्दियाको बारबर्दिया नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल भवन शिलान्यास भएको ३ वर्ष बित्यो । तर निर्माणको टेन्डर अझै हुन सकेको छैन । दैलेखको भैरवी गाउँपालिकामा पनि त्यति नै शय्याको अस्पताल बनाउन टेन्डर भए पनि जग्गाको विवाद छ ।

सम्बन्धित सामग्री

प्रयोगमा आएन भेन्टिलेटर

कोभिड–१९ महामारीका समयमा गुल्मी अस्पतालमा स्थापित दुई वटा भेन्टिलेटरसहितको पाँच बेडको आइसियु खासै प्रयोगमा आउन सकेको छैन । नेपाल सरकारको दुई करोड विनियोजित बजेटमध्ये डेढ करोडमा गत वर्ष नै पूर्वाधार र उपकरण जडानको कार्य सकिए पनि एक वर्षदेखि महत्वपूर्ण स्वास्थ्य उपकरण प्रयोगमा छैनन् । गुल्मी जिल्लालगायत छिमेकी जिल्लाका सयौँ जनताले उपचार गर्ने अस्पतालमा विशेषज्ञ जनशक्ति व्यवस्थापन नहुँदा भेन्टिलेटरसहितको आइसियु उपयोग नभएको बताइन्छ ।

स्वास्थ्यमा प्रणालीगत सुधार आवश्यक

स्वास्थ्यको मुख्य आधार स्तम्भको रुपमा स्वास्थ्य बीमा कार्यक्रम, स्वास्थ्य शिक्षा, स्वास्थ्य जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक पूर्वाधार हुन्। यी सबै आधार स्तम्भलाई एक–एक गरेर हेर्ने हो भने सबैमा समस्या देखिन्छ। सबैलाई प्राथमिकता नदिने हो भने स्वास्थ्य क्षेत्रमा समस्या सधैँ रहिरहन्छ। यसले स्वास्थ्यका सूचकमा पनि असर गर्छ। यी सबै एकआपसमा जोडिएका विषय हुन्।