काठमाण्डाै – आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् ।
त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली बेइज्जती गर्ने, सडकको बीचमा बसी आक्रमण गर्ने शैलीमा प्रस्तुत हुने, प्रचलित कानुनले निषेध गरेका शब्दहरू प्रयोग गरी मोबाइलमा सन्देश पठाउने तथा कार्यालय प्रवेशमा अवरोध गर्ने काम निरन्तर गरिएको उल्लेख छ । ‘दैनिक कार्यालय र ...