नेपाली सेनाका विभिन्न प्राविधिक पदमा भर्ना खुल्यो

काठमाण्डाै - नेपाली सेनाले रिक्त रहेका विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित २९ अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको हो । उपसेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना र लेखा उपसेनानीका लागि ४० जना माग गरिएको छ । यस्तै सैनिक उपचारिका उपसेनानीमा १८ जना र कम्प्युटर प्राविधिक उपसेनानीमा १६ सहित २९ पदमा १ सय ९४ जनाको लागि आवेदन खुलेको हो । सबै पदमा आउँदो वैशाख १३ गतेसम्ममा अनलाइनबाट फारम भर्न सकिने नेपाली सेनाले जनाएको छ । 

सम्बन्धित सामग्री