फुटबल प्रशिक्षक संघको अध्यक्षमा तामाङसहित सबै निर्विरोध

चितवन (हाम्रो खेलकुद) – नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्षमा मनाङ मर्स्याङ्दी क्लबका पुर्व खेलाडी तथा प्रशिक्षक राजेन्द्र तामाङ निर्विरोध निर्वाचित भएका छन । चितवनको सौराहामा शनिबार भएको अधिवेशनबाट अध्यक्षमा तामाङसहित सबै १५ जनाको कार्यसमिति नै निर्विरोध निर्वाचित भएका हुन् । तीन उपाध्यक्षमा यम प्रसाद गुरुङ, सुरेन्द्र बहादुर तामाङ र समिर नेम्कुल (नेकु) निर्विरोध भए । […]