फूलचोकीको वन फाँड्ने प्रयास, सर्वोच्चले भनेको थियो : ‘पर्यावरणीय आत्महत्या’ !

गोदावरी फूलचोकी क्षेत्रको पर्यावरणीय संवेदनशीलता भुलेर सरकारी निकायले हालै त्यहाँ केबलकार बनाउन वन फँडानी गर्ने बाटो खोलिसकेको छ । तर, तीन दशकदेखि नै सो क्षेत्र संरक्षण गर्न सरकार, अदालत र अनुसन्धानमूलक संस्थाले पटकपटक प्रतिवेदन र आदेश जारी गरेको पाइएको छ । सर्वोच्च अदालतले त एक फैसलामा सो क्षेत्रमा विकासका नाममा जैविक विविधतालाई असर पर्नेगरी उद्योग सञ्चालन गर्नु पर्यावरणीय आत्महत्या नै हुने उल्लेख गरेको भेटिएको छ ।यस्तो संवेदनशील क्षेत्रको वन फाँडेर केबलकार बनाउन राष्ट्रिय योजना आयोगले फागुन १२