दमौली– तनहुँका विभिन्न व्यावसायिक फार्मका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनामार्फत् अनुदान प्रदान गरिएको छ । पशुपालनमा कृषकको आकर्षण बढाउन आयोजनामार्फत् तनहुँका १३ व्यावसायिक फार्मलाई अनुदान दिइएको हो । आयोजनामार्फत् १३ व्यावसायिक फार्मले चार करोड ५२ लाख अनुदान पाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जनाएको छ । […]