मलेसियाको आजियाटाले नेपालमा रहेको एनसेलको शेयर विक्री गरेको सन्दर्भमा अनेक प्रश्न उठेको छ । २ खर्ब सम्पत्ति रहेको अनुमान गरिएको एनसेलको शेयर साँढे ६ अर्बको हाराहारीमा नेपाल बाहिर गएर विक्री भएपछि यस्तो प्रश्न उठेको हो । मलेसियन कम्पनी आजियाटाले शुक्रबार एनसेलमा रहेको आफ्नो सबै, ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर …