माछा मार्ने विषयमा विवाद भएपछि बेलायत र फ्रान्स हातहतियार सहित आमनसामने

युरोपेली संघबाट बेलायत बाहिरिने भएपछि इंग्लिश च्यानलमा कसले माछा मार्न पाउने भन्ने विषयमा विवाद हुँदा बेलायत र फ्रान्सबीच विवाद उत्पन्न भएको छ । बेलायतले दुईवटा रोयल नेभी युद्धपोतहरू पठाएपछि फ्रान्सेली अधिकारीहरूले बिहीवार एउटा गश्ती डुंगा पठाएका छन् ।  बेलायती युद्धपोतहरू एचएमएस सेभर्न र एचएमएस तमारले नाकाबन्दी गर्ने आशंकाका बीच फ्रान्सले एथोस डुंगा जर्सी पठाएको हो ।  जर्सीमा माछा मार्ने अधिकारका विषयमा आफूहरू ट्राफल्गरको युद्ध दोहोर्‍याउन तयार रहेको फ्रान्सेली माझीहरूले बताएका छन् ।  जर्सी...