उत्तर कोरियामा बन्धक बनाइएका अमेरिकी सैनिक रिहा गर्न चीनको सहयोग

चीनले उत्तर कोरियामा बन्धक बनाइएका एक अमेरिकी सैनिकलाई रिहा गर्न ‘मानवीय’ सहयोगको प्रस्ताव गरेको बिहीबार पुष्टि गरेको छ । दक्षिण कोरियाबाट सैन्य गतिविधि निषेधित क्षेत्र पार गरेपछि २३ वर्षीय अमेरिकी नागरिक प्राइभेट ट्राभिस किङलाई उत्तर कोरियाली सेनाले जुलाईमा पक्राउ गरेको थियो । करिब तीन महिनापछि उहाँ स्वीडेनका कूटनीतिज्ञको सहयोगमा उत्तर कोरियाली सीमा हुँदै चीन पुग्नुभएको …