तीन पाङ्ग्रे अतुल अटो रिक्सा नेपाली बजारमा

काठमाडौं । नेपालका लागि अतुल अटोको आधिकारीक विक्रेता भीजी अटो मोबाइल्सले तीन पाङ्ग्रे नयाँ ‘अतुल रिक’ सार्वजनिक गरेको छ। एक कार्यक्रम बीच जेनेरेशनको तीन पाङ्ग्रे अतुल अटो रिक्सा सार्वजनिक भएको हो ।२२ वटा देशमा डिलर नेटवर्क भएको तीन पाङ्ग्रे टेम्पु निर्माणमा प्रसिद्ध अतुलले नेपालमा ‘यात्रा शानदार, आम्दानी दमदार’ भन्ने नाराका साथ नयाँ अतुल रिक सार्वजनिक गरेको हो। नयाँ अतुल रिक स्टाइलिसका साथै यात्राका लागि सहज भएकाले नेपालमा राम्रो बजार पाउने विश्वास कम्पनीको छ । 

सम्बन्धित सामग्री

नेपाली बजारमा भित्रियो 'रिक' अटो रिक्सा, यस्ता छन् विशेषता

अतुल अटोको नेपालका लागि आधिकारिक वितरक भिजी अटो मोबाइलले अटो रिक्सा ‘रिक’ सार्वजनिक गरेको छ ।