लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार चार दिनदेखि बढ्दै आएको जनाएको हो । यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो । माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।त्यसपछि माघ १४ गते तोलामा ९२ हजार ६०० र १५ गते पनि घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता, माघ १६ गतेदेखि निरन्तर उकालो लाग्दै आज तेजाबी