चाडपर्व सुरु भएसँगै दुर्घटना बढ्यो, यान्त्रिक परीक्षण प्रभावहीन

काठमाण्डौ – चाडपर्व सुरु भएसँगै दुर्घटना बढेका छन् । चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले यही मौका छोपेर व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । गाडी दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, लामो दूरीमा पनि एउटै चालकले गाडी चलाउँदा दुर्घटनाको जोखिम हुन्छ । यस्तै, सडकको जीर्ण अवस्था, पहिरो खस्ने, जाँडरक्सी खाएर गाडी चलाउने जस्ता कारण पनि दुर्घटना हुने गरेको ...