काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्रमा घर-घरमा रोजगारी, प्राथमिक शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता घोषणा पत्रमा उल्लेख गरिएको पार्टीका अध्यक्ष ठाकुरले जानकारी दिनुभयो […]