घरैपिच्छे टनेल, व्यवसायिक बन्दै कृषि (फोटो फिचर)

धनकुटा : धनकुटा–१, सिजाली टोलका तेजकुमार सिजाली मगरको घर तलको बारीभरि टनेल घर छ। सो टनेल घरमा अचेल मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्‌गारिक तरकारी उत्पादन हुन्छ।टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानी समेत गराएको छ। यो क्षेत्र लेकाली भएकाले गर्दा यहाँको मौसम चिसो हुन्छ।‘चिसोका कारण अहिलेसम्म पनि गोलभेँडा फलाउन सकेका थिएनौँ। तर टनेल घर निर्माण गरेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलायौँ। आफूले पनि उपभोग गर्‍यौँ, बिक्