रुकुम पश्चिममा अस्पताल पुग्नुअघि नै कोरोना संक्रमितको मृत्यु

रुकुम (पूर्व) : रुकुम पश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार दिउँसो एक ६२ वर्षीया महिलाको मृत्यु भएको हो। ती महिलालाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्‍याइएको थियो। अस्पताल पुग्नुअघि नै एम्बुलेन्समा उनको मृत्यु भइसकेको अस्पतालले जनाएको छ। उनका आफन्तले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र धेरै समस्या भएपछि अस्पताल ल्याइएको बताएका थिए। त्यसपछि जिल्ला अस्पतालले मृत्युपछि उनको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गरेको थियो। उनको रिर्पोट पोजेटिभ आएको जिल्ला

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।