जिन्दावाद !... मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दैन ? थाहा नभए पनि नसा चुँडिने गरी चिच्याउन आन्दोलनकारी चुक्दैनन् ।माइतीघरकै सडक हुँदै बन्द गाडीमा मन्त्री गुड्छन्, मन्त्रालयका सचिव गुड्छन्, जिम्मेवार पदाधिकारी गुड्छन् । तिनले कति सुन्छन् आन्दोलनकारीलाई वास्ता हुँदैन । साधारण बटुवाले चाहिँ ती आवाज मजाले सुन्छन् । अनि फुर्सद हुनेहरू उभिएर रमिता हेर्छन् । भाषण सुन्छन् । चासो नहुने चाहिँ दिनदिन