जनकपुरधाम । प्रदेश दुई सरकारले कोरोना संक्रमितहरूको उपचारमा अक्सिजन ग्यासको अभाव हुन नदिन समिति गठन गरेको छ । अक्सिजन ग्यासको अभाव हुन नदिन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन गरेको हो ।