वीरगंजका दुई भन्सारबाट चार महिनामा ८७ अर्ब राजस्व असुली, लक्ष्यभन्दा बढायो संकलन

वीरगंज। मुलुकको प्रमुख भन्सार नाकाका रुपमा चिनिने वीरगंजको दुईवटा भन्सारले चालू आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा बढी असुली गरेका छन्। वीरगंज

सम्बन्धित सामग्री

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

९ महिनामा ६० लाख राजस्व असुली

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ९ महिनाको अवधिमा करिब आठ हजार सवारी साधनलाई कारबाही गरेर झन्डै ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि चैत महिनासम्मको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई गरिएको कारवाहीबाट उक्त राजस्व संकलन […]

जग्गा राजस्वमा २७ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको चैत महिनामा वर्षकै सबै भन्दा बढी जग्गा कारोबार र राजस्व संकलन भएको छ । फागुन महिनामा जग्गाको कारोबारबाट ३ अर्ब ५६ करोड राजस्व संकलन भएकोमा चैतमा ४ अर्ब ५१ करोड रुपैयाँ भएको हो । चालु आवको चैत महिनासम्ममाभने ३० अर्ब २ करोड रुपैयाँ राजस्व असुली भएको छ । अघिल्लो महिनाको तुलनामा चैतमा […]

एघार महिनामा साढे ३७ अर्ब राजस्व संकलन

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनादेखि नै लक्ष अनुसार राजस्व संकलन गर्न सकिरहेको थिएन। पछिल्ला महिनाहरूमा भने आयातमा कडाइ गर्ने सरकारी नीतिले समेत राजस्व असुली थप प्रभावित बनाएको छ।...

नवलपरासी राजस्व कार्यालयद्वारा ७ महीनामा १२ अर्ब राजस्व संकलन

फागुन ५, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको सात महिनामा रू. १२ अर्ब ३० करोड राजस्व संकलन गरेको छ ।  गत साउनदेखि माघ मसान्तसम्म रू. १२ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा रू. ३१ करोड कम राजस्व संकलन भएको उक्त कार्यालयले जानकारी दिएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रू. ११ अर्ब ७५ करोड ७२ लाख संकलन भएको छ ।  जसमा रू. १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।  आयकरमा रू. ३० करोड ७७ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट)मा रू. १७ करोड २७ लाख ९० हजार, ब्याजमा रू. तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा रू. एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा रू. ८२ लाख ५२ हजार राजस्व संकलन भएको उनको भनाइ थियो ।  कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए । रासस

लक्ष्यभन्दा कम राजस्व संकलन

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो । कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो । कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने । विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

राजस्व असुली लक्ष्य पूरा भएन

सर्वाधिक राजस्व संकलन गर्ने वीरगन्जस्थित २ भन्सार कार्यालय पुस महिनामा भने मासिक राजस्व असुली लक्ष्य भेट्टाउन असफल भएका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार यो लक्ष्य भेट्टाउन असफल भएका हुन् ।

राजस्व असुली लक्ष्य पूरा भएन

सर्वाधिक राजस्व संकलन गर्ने वीरगन्जस्थित २ भन्सार कार्यालय पुस महिनामा भने मासिक राजस्व असुली लक्ष्य भेट्टाउन असफल भएका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार यो लक्ष्य भेट्टाउन असफल भएका हुन् ।