काठमाडौं (अस) । नेपाली अटो बजारमा बढिरहेको महँगीसँग जुध्न टीभीएसले ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मूल्यांकनबाटै डाउनपेमेन्ट तिरेर नयाँ टीभीएस नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् ।
आफ्नो बाइक तथा स्कुटर साटफेर गर्दा ग्राहकले मासिक इएमआईमा न्यूनतम मात्र ५,९९९ रुपैयाँसम्म तिर्नुपर्नेछ ।
ग्राहकले शून्य प्रतिशत ब्याजदर तथा अन द स्पट साटफेरको सुविधा पनि पाउनेछन् । यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुममा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
जगदम्बा मोटर्सका सीईओ/डाइरेक्टर दीपक अग्रवालले भन्नुभयो, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सजिलो बनाउन यो योजना ल्याएका हौं । आगामी दिनमा ग्राहकमैत्री अन्य योजना ल्याउनेछौं ।’ जगदम्बा मोटर्स नेपालमा टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक हो ।