जसपाका मन्त्रीको जीवनी : पूर्वप्रधानपञ्चदेखि बद्री मण्डल र विजय गच्छदारका कार्यकर्तासम्म !

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारमा जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर समूहबाट शुक्रबार १० जना सामेल भएका छन् । तीमध्ये आठ मन्त्री र दुई राज्यमन्त्री छन् । सरकारमा सामेल भएकामध्ये कतिपयसँग विगतमा पटक–पटक विभिन्न मन्त्रालय सम्हालेको अनुभव छ भने केही नयाँ अनुहार, जसलाई आम मानिसहरुले खासै चिनेका छैनन् ।ओली सरकारमा सहभागीमध्ये राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । विदेश सम्बन्धमा महत्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्