स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउन मेयर शाक्यको अपिल

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई स्वास्थ्य मापदण्डको पालना गरेर इन्द्रजात्रा मनाउन अपिल गरेका छन । आइतबार विभिन्न गुठीसँग सम्बन्धित व्यक्तिहरूलाई कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तर्राष्ट्रियस्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य...