ब्राउनसुगर तस्करी गर्ने हवल्दार पक्राउ

धनगढी : कैलालीमा लागुऔषधको तस्करी गर्ने प्रहरी हवल्दार पक्राउ परेका छन्।शनिवार जिल्लाको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसारपसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दार समातिएका हुन्।इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीनकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार समेत रहेका ३३ वर्षीय प्रेमसिंह सुनारसहित दुईजनालाई पक्राउ गरेको जनाएको छ। सुनार लम्कीचुहा नगरपालिका-२ मोतीपुरका बासिन्दा हुन्।सुनारसँगै पक्राउ पर्नेमा लम्कीका २६ वर्षीय सागर घिमिरे पनि रहेका