सदनमा आरोप–प्रत्यारोप

काठमाडौं, साउन ९ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्षर प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो। बैठकमा प्रधानमन्त्री देउवालाई बधाईर शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। […]