५० प्रतिशत औषधि उद्योग बन्द हुने अवस्था आउनसक्छ [अन्तर्वार्ता]

नेपालमा कति प्रतिशत औषधिको खपत छ भनेर सरकारसंग यकिन तथ्यांक छैन। साधारण अनुमानित तथ्यांक हामीसंग रहेको छ। नेपालमा ९० अर्ब रुपैयाँ बराबरको औषधिको बजार रहेको छ। त्यसमध्ये नेपाली औषधिको ३४ अर्ब बराबरको बजार हिस्सा रहेको छ। नेपाल औषधि उद्योगले उत्पादन गर्ने ७०० देखि ७५० प्रकारको  मोलिक्युलको हकमा नेपाली औषधि उद्योगको बजार हिस्सा ७० प्रतिशत रहेको छ।