नेकपा माओवादी केन्द्रको चुनावी अभियानअन्तर्गत जारी विशेष प्रशिक्षण कार्यक्रम अन्तिम चरणमा पुगेको छ । सबै प्रदेशमा प्रशिक्षण तथा भेला सम्पन्न गरिसकेको माओवादीले बुधबार प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रम राखेको छ । माओवादी केन्द्रका प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले प्रवासमा रहेका नेता कार्यकर्ताका लागि बुधबार साँझ भर्चुअल माध्यममार्फत अध्यक्ष प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिए । माओवादी केन्द्रको युरोप र अमेरिकासहित विभिन्न देशमा शुभेच्छुक संस्था