सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

२१ पुस, काठमाडौं । भक्तपुरको इतापाकोमा सडक बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यासीका २३ वर्षीय रामकुमार बुढाथोकी छन् । भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार मंगलबार दिउँसो १ बजे बत्ती जडान गर्ने क्रममा एकजना सडकमा पछारिएको र अर्का व्यक्ति पोलमा नै अड्किएको भन्ने खबर आएको थियो । […]