काठमाडौं : काठमाडौं महानगरले सार्वजनिक गरेकाे छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरूको नामउपर चित्त नबुझे आज (मंगलबार) ५ बजेसम्म निवेदन दिन सकिने व्यवस्था गरेको छ। महानगरले पहिलो चरणमा छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउनेहरूको नामावली सार्वजनिक गरिसकेको छ।महानगरपालिका शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उक्त नामावलीविरुद्ध चित्त नबुझे आज साँझसम्म निवेदन दिन सकिनेछ।महानगरबाट साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको आधारमा पहिल