काठमाडौंमा प्रधानमन्त्री ओलीसँग एकै मञ्चमा विप्लव मुस्कुराउँदै गर्दा गाउँका भित्तामा धुमिल बन्दै 'एकीकृत जनक्रान्ति'का नारा

काठमाडौं : २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द 'विप्लव' माथि सरकारले प्रतिबन्ध लगायो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मोहन वैद्य 'किरण'सहित अलग भएर नेकपा-माओवादीमा लागेका विप्लव दोस्रो संविधानसभामा नेकपा-माओवादीबाट संविधानसभाको बहिस्कार गरे। तत्कालीन नेकपा-माओवादीमा नेता रामबहादुर थापा 'बादल'सँग शक्ति संघर्षका कारण वैद्यलाई साथ छाडी छुट्टै पार्टी बनाए २०७१ सालमा। २०७१ सालमा…

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाललाई विप्लवको सुझाव – माओवादी भएर काम गर्नुहोस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे बिद्रोह हुने चेतावनी दिनुभएको छ । आइतबार काठमाडौंमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको बिरोधमा भएको भन्दै अहिल पनि सोही […]

प्रचण्डलाई भेट्न विप्लव काठमाडौंमा

रुपन्देही । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं गएका छन् । विभिन्न पार्टीमा विभाजित पूर्वमाओवादीहरूको एकताको विषयमा चर्चा भइरहेका बेला प्रचण्ड विप्लवको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । माओवादी केन्द्रले यस्ता दलहरूसँग वार्ता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा समिति नै गठन गरेको छ । पार्टीको […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर राजनीति

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बौद्धिक प्रतिभा पलायनलाई रोक्नुपर्ने बताएका छन्। निर्वाचन आयोगले जिससको निर्वाचन सम्पन्न नभएसम्म कार्यक्षेत्र नछाड्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ। विप्लव नेतृत्वको नेकपाले असोजमा पार्टीको नवौँ महाधिवेशन गर्ने भएकोछ। भारतीय गायक सिद्धु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको टोली काठमाडौंमा आएको छ। स्थानीय तहलाई कोरियामा कामदार पठाउन सरकारले रोक लगाएको छ। २६ जना कोरोना संक्रमित थपिएका छन्।

भारतले लिपुलेकमा सडक विस्तारको काम 'जारी राखेको' विरोधमा प्रदर्शन

काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी राखेको भन्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराखण्डस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा ‘मानसरोवरसम्म जाने सडक पुर्‍याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको’ भनेर दिएको अभिव्यक्ति र भारतीय हस्तक्षेपविरुद्ध अखिल क्रान्तिकारीले...

एमसीसी अनुमोदन गराउने प्रयास : सत्तारूढ दलभित्रै ठूलो मतभेद

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदन गर्न प्रयास थालेको छ । एमसीसी सम्झौता भएको ४ वर्ष पुग्न लागेसँगै लामो समय अनिर्णयको बन्दीमा परेको एमसीसीलाई चालू संसद् अधिवेशनबाट पास गराउन सरकारले प्रयास थालेको छ । भदौ २९ गते एमसीसी सम्झौता भएको ४ वर्ष पुग्दै छ । एमसीसीका विवादित विषयमा सरकारले एमसीसीसँग जवाफ माग गरेको र जवाफ आएलगत्तै अर्थमन्त्री जनार्दन शर्माले त्यससम्बन्धी सम्झौतालाई संसद्मा प्रस्तुत गर्ने अर्थ मन्त्रालय स्रोतले बतायो । तर, एमसीसी अनुमोदन गराउन सरकारलाई त्यति सजिलो भने छैन । सदनदेखि सडकसम्म एमसीसी अनुमोदन नगर्न सरकारलाई चर्को दबाब पर्दै आएको छ । सरकारले एमसीसी मुख्यालयलाई सोधेको जवाफ आएपछि अर्थमन्त्री शर्माले संसद्मार्पmत जानकारी दिने र त्यसलगत्तै सम्झौता अनुमोदनका लागि प्रक्रिया अघि बढाउने तयारी भएको उच्च स्रोतको दाबी छ । जथाभावी नबोल्न सांसद्हरूलाई देउवाको निर्देशन प्रक्रिया अघि बढाउनकै लागि यता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरुद्ध जथाभावी नबोल्न आफ्ना संसद्हरूलाई निर्देशन दिएका छन् । एमसीसी सम्झौता नेपालकै हितमा रहेको भन्दै सांसदहरूलाई जथाभावी नबोल्न र त्यसबारेको भ्रम चिर्न मंगलवार कांग्रेस संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका देउवाले यस्तो निर्देशन दिए । बैठकमा देउवाले एमसीसीका नाममा अनावश्यक राजनीति भएको समेत बताएका छन् । उनका अनुसार विश्व बैंक र एशियन बैंकबाट ब्याजमै मोटो रकम अहिले पनि देशले ऋण लिइरहेका छ । एमसीसी विकासका लागि दिइएको अनुदान रहेको र यसमा अनावश्यक रूपमा धेरै राजनीति गर्न खोजिएको छ । देश विकासका लागि अनुदान ल्याउन लागिएको र ऋण घटाउन एमसीसी अघि बढाउन लागिएको देउवाको भनाइ थियो । बैठकमा देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताए । एमसीसी पारित गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने उनको भनाइ थियो । कांग्रेसका सांसदहरूले भने एमसीसीका बारेमा विभिन्न जिज्ञासा र प्रश्नहरू उठाएका थिए । कतिपय सांसदहरूले एमसीसीका केही व्यवस्थाहरूलाई परिवर्तन नगरी पास गर्न नसकिने विषयमा समेत देउवाको ध्यानाकर्षण गराएका थिए । अहिलेकै हालतमा एमसीसी पास हुन दिन्न : दाहाल सत्तारूढ दल माओवादीले अहिलेकै हालतमा एमसीसी पास नहुने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को बैठकलाई मंगलवार सम्बोधन गर्दै अहिले अवस्थामा एमसीसी पास नहुने बताए । ‘एमसीसीका विषयमा शहर मात्रै होइन गाउँगाउँ, टोलटोलमा चर्चा भइरहेको छ । सरकार र पार्टीको पनि ध्यानाकर्षण भएपछि अमेरिकालाई कूटनीतिक नोट पठाएका छौं । त्यसको जवाफ पनि आएको छैन,’ दाहालको भनाइ उद्धृत गर्दै वाईसीएलका एक नेताले भने, ‘अहिलेकै अवस्थामा एमसीसी कुनै हालतमा पारित हुँदैन । त्यो संसद्बाट पारित हुने सम्भावना छैन ।’ राष्ट्र र राष्ट्रियतालाई हानि हुनेगरी माओवादीले सम्झौता नगर्ने भन्दै ढुक्क रहन कार्यकर्तालाई दाहालले आग्रह गरे । यसअघि एमसीसीका विषयमा तत्कालीन नेकपा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावलाई समेत ध्यान दिइने दाहालले बताए । एमालेको सहयोग नरहने संकेत प्रमुख प्रतिपक्ष दल एमाले सत्तामा रहँदा एमसीसी अघि बढाउन खोजेको थियो । त्यसबेला सभामुखको असहयोगका कारण उसले संसद्मा अघि बढाउनै पाएन, जसकारण प्रधानमन्त्री र सभामुखबीच लामो समयसम्म द्वन्द्व भएको थियो । अहिले एमाले प्रतिपक्षमा छ, उसको रणनीति पर्ख र हेरको अवस्थामा छ । सत्तारूढ गठबन्धनलाई एमसीसी पास गरेर देखाउन एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक दिनजसो पार्टीका कार्यक्रममार्फत चुनौती दिने गरेका छन् । पोखरामा मंगलवार भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सोही कुरा दोहो¥याएका थिए । यो सरकारले अघिल्लो सरकारले ल्याएको बजेट, कार्यक्रमलाई अघि नबढाउने संकेत देखाएसँगै एमसीसी अनुमोदनमा एमालेले सरकारलाई सहयोग नगर्ने उसले रणनीति बनाएको उच्च स्रोत बताउँछ । एमसीसीकी उपाध्यक्ष नेपाल आउँदै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपाल भ्रमणमा आउने भएकी छन् । एमसीसी सम्झौतामा विवाद बढिरहेका बेला उनीसेप्टेम्बर ९ मा नेपाल आउन लागेकी हुन् ।   उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतसँग भेटेर एमसिसी कार्यान्वयन अवस्थाबारे जानकारी लिने बताइएको छ ।   सडकमा एमसीसीविरुद्ध नाराबाजी चर्किंदै सरकारले संसद्मा एमसीसी अघि बढाउने प्रयास गरेसँगै त्यसविरुद्ध सडकमा नाराबाजी चर्किन थालेको छ । सत्तारूढ तथा विपक्षी दल, नागरिक समाजबाट दिनहुँजसो प्रदर्शन हुन थालेको छ । उनीहरूको एउटै माग एमासीसी खारेज गर भन्ने छ । यसैक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ । मंगलवार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत् सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । आफूलाई वैकल्पिक शक्तिका रूपमा चिनाउँदै आएको विवेकशील साझा पार्टीले पनि एमसीसी सम्झौता हुबहु पारित नगर्न आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै विवेकशील साझाले एमसीसी सम्झौताका केही शर्त अत्यन्त आपत्तिजनक एवम् नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकूल रहेको बताएको छ । उसले ती शर्त संशोधनविना पारित गर्न नहुने उल्लेख गरेको छ ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । पछिल्लो समय काठमाडौंमा राजनीतिक भेटवार्ता तीव्र बनाएका विप्लव बुधबार अपराह्न प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री भेट्न विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पनि बालुवाटार पुगेका छन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेपनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको सन्दर्भमा विप्लवले सक्रियता बढाएका हुन् । आजै पार्टी

प्रकाण्डको चेतावनी– सहमति कार्यान्वयन नभए सरकारले ठुलो मूल्य चुकाउनुपर्छ

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरूमा देखिएको राजनीतिक संघर्ष, सरकार विरुद्धको संसदीय मोर्चा लगायतले सहमति...

काठमाडौं आएका विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे - Purbeli News

काठमाडौं । सरकारसँग शान्तिपूर्ण राजनीतिमा फर्किने सहमति गरेको विप्लव नेतृत्वको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं प्रवेश गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार पगेका छन् । यसअघि विप्लव भूमिगत थिए । सरकारसँग भएको सहमतिसँगै आज उनी काठमाडौंमा हुने एक कार्यक्रममार्फत सार्वजनिक हुने कार्यक्रम समेत छ । सोही कार्यक्रममा हिजो बिहीबार भएको सहमति समेत...

नवलपुरबाट काठमाडौंतिर लागे विप्लव, प्रहरीको सुरक्षा - Purbeli News

काठमाडौं । तीन बुँदे सहमतिसँगै प्रतिबन्ध हटेपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नवलपुर जिल्लाबाट काठमाडौं आएका छन् । सहमतिसँगै सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो । नवलपुरमा शहीद परिवारलाई भेटेर विप्लव प्रहरीको सुरक्षासहित काठमाडौंतिर आएका हुन् । आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओली र विप्लव एकै मञ्चमा देखिँदैछन् । काठमाडौंमा...