हाइड्रोपावरले भत्कायो खोदोलदेवीस्थान

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेको भोटेकोसीस्थित त्रिशूली खोलाको दोभानमा रहेको महत्वपूर्ण शक्तिपीठ खोदोलदेवीस्थान हाइड्रोपावर निर्माण गर्ने क्रममा भासिएको छ । एउटा ठूलो ढुंगाभित्र देवस्थान रहेको थियो । देवीस्थान ढुङ्गाको बीच–बीचमा प्वाल रहेको थियो । त्यस प्वालभित्र शुद्ध गाईको दूध, लोकल कुखुराको अण्डा चढाउने गरेको धुन्चेका झाँक्री तथा मन्दिरका पुजारी कामछिरिङ तितुङको कथन छ । […]