अध्यागमन विभागले सञ्चालनमा ल्याएको ‘नेपाली पोर्ट’ नामक प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । अध्यागमन व्यवस्थापन तथा सीमा नियमन गर्ने यस्तो प्रणालीको प्रधानमन्त्री ओलीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाटै उद्घाटन गरेका हुन् । अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिकहरूको टोलीले एक वर्ष लगाएर नेपाली पोर्ट नामक प्रणालीको विकास गरेका हुन् ।