बागमती प्रदेशसभाको बैठक जेठ १६ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक १६ गते दिउँसो २ बजे बस्ने गरी स्थगित गरेका हुन् । आगामी जेठ १६ गते बस्ने प्रदेशसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गत शनिबार बसेको तेस्रो र चौथो बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को विनियोजन विद्येयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो ।उक्त बैठकमा दलगत रुपमा सांसदहरुले सरकारको ल्याए