नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अग्रगमन र पश्चगमनबिचको लडाईमा अग्रगामी शक्तिले जित्नै पर्ने बताए ।‘हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो वा अग्रगमनले। परिवर्तनका पक्षधरको जीत हुने हो या परिवर्तन विरोधीहरुले । यो देशका उत्पीडित जाति क्षेत्र लिंग समुदायका