पाल्पा : स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा पहिरोले घर पुरिएको छ। आइतबार करिब साढे चार बजे पहिरो खसेको हो।उक्त घरमा होटल संचालन हुँदै आएको थियो। पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दी पुल नजिकैको बजारमा पहिरो खसेको हो। सिद्धार्थ राजमार्ग छेउमा रहेका होटल पुरिएका हुन्। पुरिएको अवस्थामा रहेका ४ जनाको उद्धार गरिएको घटनास्थल पुगेका गल्याङ प्रहरी चौकीका हवल्दार मदन तिमिल्सिनाले बताए। उद्धार गरिएका मध्य एक जनाको मृत्यु भएको छ। यात्राका क्रममा होटलमा नास्ता खान बसेका उनको मृत्यु भएको