एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने योजनामा आफू रहेको बताएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले आफूले छिट्टै विश्वासको मत लिने बताएका हुन् ।
एक मन्त्रीका अनुसार बजेट ल्याउनुभन्दा पहिले आफूले विश्वासको मत लिने भन्दै ओलीले बैठकमा ब्रिफिङ गरेका थिए । तर उनले मिति भने तोकेनन् ।
गत वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । अल्पमतको सरकार बनाएकाले ओलीले एक महिनाभित्र विश्वासको मत ...