युरोपेली सङ्घ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।
चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ ।
‘यूरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलु...