काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धनका कारण योग्य र सक्षम नेताहरू हुँदाहुँदै उम्मेदवार बन्न सम्भव नभएको जनाएको छ। सचिवालय सदस्य समेत रेहकी प्रचण्डपुत्री गंगाले सामाजिक सञ्जालमार्फत प्रतिगमनलाई परास्त गर्न जित्नैपर्ने र गठबन्धनका दलहरूलाई समेत जिताउनुपर्ने अनिवार्यता भएको जिकिर गरेकी छन्। उनले घात प्रतिघात गर्ने छुट नभएको पनि उल्लेख गरेकी छन्। ‘हामीलाई असन्तुष्टि या अन्य बहानामा निष्क्रिय बन्न या निर्वाचनमा घात प्रतिघात गर्ने छ