बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका किसान यतिबेला एकाबिहानै बारीको छेउछाउमा देखिन्छन् । बिहान उठेर घरगोठको काम नसक्दै किसान बारीमा नपुगे पाक्ने बेलाको बाली नै रहन्न । बिहान उज्यालो हुँदा किसानको खेतबारीमा पुग्ने बाँदरले रात नछिपिँदासम्म छोड्दैन् । यहाँका अधिकांश किसानको दिन बाँदरसँगको लुकामारीमा बित्ने गरेको छ । खेतमा लगाएको आधाउधी मकै मात्रै घरमा भित्र्याएका किसानले बारीको …