पुँजीगत खर्च बढाउने योजना १० दिनभित्र ल्याउन कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पुँजीगत खर्च बढाउने योजना दश दिनभित्र ल्याउन कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अबको १० दिनमा पुँजीगत खर्च तथा सुधार योजना लिएर आउन कर्मचारीलाई भनेका हुन् । मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले भने, ‘प्रथम चौमासिक गयो । म आएको पनि ४ […]