स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव आह्वान

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण कर्जा दिने कार्यविधि हालै स्वीकृत गरेसँग कर्जा लिनका लागि परियोजना प्रस्ताव आह्वान गरिएको हो ।

सम्बन्धित सामग्री

स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला

स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आवेदन खुला गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मङ्गलबार स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१ अनुसार तोकिएका मापदण्ड पूरा भएका उद्यमीले कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गर्न सूचना सार्वजनिक गरेको हो । उद्यमीले कर्जाका लागि २१ दिनसम्म प्रस्ताव पेस गर्नुपर्ने छ । परियोजनाको प्रस्ताव अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ । उद्यमीले परियोजना प्रस्ताव आइइडिआई डट ओराजी डट एनपीमार्फत भर्न सकिने छ ।

स्टार्टअप उद्यम कर्जाका लागि ३९४ परियोजना छनोट

स्टार्टअप उद्यम कर्जाका लागि पहिलो चरणमा ३९४ परियोजना छनोटमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले पहिलो चरणमा ३९४ परियोजना छनोट गरेको हो । स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८० बमोजिम प्रतिष्ठानले गत माघ १९ गते प्रस्ताव आह्वान गरेका प्रस्तावमध्ये योग्य प्रस्तावको सूचीमा परेको परियोजनाको नाम सार्वजनिक गरिएको हो । स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका थिए । मूल्याङ्कन समितिले अध्ययनबाट गरेर ३९४ परियोजना छनोटमा परेका हुन् । पहिलो चरणमा परेका प्रस्तावकले व्यावसायिक प्रस्तावको पेस गर्नुपर्ने छ । प्रस्तावकले व्यापारिक प्रस्तुतीकरण गर्दा संलग्नबमोजिम ढाँचामा केन्द्रित भई प्रस्तुतीकरण गर्नुपर्ने छ ।

‘स्टार्टअप’ गर्नेलाई सहुलियत कर्जा लिने अवसर, सरकारले माग्यो प्रस्ताव

यो वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा दिने तयारी सरकारको छ ।

स्टार्टअप उद्यम कर्जाबारे उद्यमीलाई निजी क्षेत्रका छाता संगठनले सहजीकरण गर्ने

५ वैशाख, काठमाडौं । स्टार्टअप उद्यम कर्जाबारे जानकारी लिन निजी क्षेत्रका छाता संगठनहरुले सहयोग गर्ने भएका छन् । उद्योग विभागले यसबारे जानकारी गराएको हो । विभागले स्टार्टअप उद्यम कर्जाका लागि अहिले परियोजनाहरुको प्रस्ताव आह्वान गरिरहेको छ । सो प्रयोजनका लागि कार्यविधि समेत स्वीकृत भएको छ । उद्योग विभागका अनुसार स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा जानकारी लिन […]