एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरियो नेपाल

बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा हङकङसँग गोल रहित बराबरी खेल्दै अङ्क बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अङ्क जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न