कुमारी सुनौलो लगानी योजनाको न्याभ घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ साउनको तुलनामा भदौमा केही घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ५५ पैसा रहेकोमा भदौ मसान्तमा १० रुपैयाँ ४० पैसामा झरेको हो ।  त्यस्तै फण्डको नोक्सानी भने साउनको तुलनामा भदौमा बढेको छ । साउन मसान्तमा फण्डले रू. ३७ लाख २९ हजार नोक्सानी व्यहोरेकोमा भदौमा बढेर रू. ८९ लाख ७८ हजार पुगेको हो । भदौमा फण्डको खर्चमा वृद्धि भई जम्मा आम्दानी रू. ७६ लाख ३७ हजार ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । साउनमा फण्डको जम्मा खर्च रू. ७ लाख ४० हजार रहेकोमा भदौमा बढेर रू. १३ लाख ४१ हजार पुगेको छ ।  फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. २३ करोड २४ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तसम्ममा रू. २४ करोड ८७ लाख थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्