धनगढी : दशैँतिहार नजिकिँदै गर्दा भारतबाट नेपाल आउनेका लागि स्थानीय प्रशासनले नयाँ मापदण्ड तोकेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार सूचना जारी गर्दै उक्त नयाँ मापदण्ड तोकेको हो।जिल्ला प्रशासन कार्यालय कैलालीले भारत तथा तेस्रो मुलुकबाट जिल्ला भित्रिनेका लागि मापदण्ड तोकेको जनाएको छ। कोभिडको संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशीको आगमन व्यवस्थित गर्न विभिन्न मापदण्ड तोकिएको बताइएको छ।नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत