गगन थापालाई कति कमरेडहरूले मन पराउँछन्, त्यो त मलाई थाहा हुन सकेन। तर गगनले भाषण गर्दा घाँटीको नसा फुलेको मलाई साह्रै मन पर्छ । त्यो नसामा मैले युवाको सपना देख्छु । त्यो नसामा मैलै देशको जीवन देख्छु । त्यो नसामा मैले एउटा जागरण देख्छु । र, त्यो नसामा मैले एउटा गगनचुम्बी पहलकदमी देख्छु ।
२०६२/०६३ सालको जनआन्दोलनमा गगन थापाको फुलेको घाँटीको नसाको निकै महत्त्व थियो। सबैले दौरा सुरुवाल सिलाएर दरबारतिर दौडिने अवसरवादी याममा गगन थापा निधारमा कफन बाँधेर सडकमा आएका थिए। त्यो दृश्य निकै रोचक देखिन्थ्यो। समयक्रममा ...