बीबीसी। मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले क्वाड देशहरुलाई चीनलाई नबिच्काउन चेतावनी दिएका छन्। चीन भड्कियो भने विश्वस्तरमा ठूलो आर्थिक नोक्सानको सामना गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘अमेरिका,जापान, अस्ट्रेलिया र भारतले हिन्द–प्रशान्त क्षेत्र र दक्षिणी चीन सागरमा चिनियाँ प्रभाव नियन्त्रण गर्न वार्ता गर्नुपर्छ, गुटबन्दी गर्ने होइन।’मोहम्मदले जापानी अखबार निक्केई एसियाले आयोजना गरेको ‘फ्युचर अफ एसिया’ सम्मेलनमा यस्तो धारणा राखेका हुन्।